जिल्ला स्तरीय खुल्ला वक्तृत्वकलामा सालुका भट्टराई प्रथम

| जेठ २३, २०८० मंगलबार

A A A
A A A

२३ जेठ, रामेछाप । जिल्ला स्तरीय खुल्ला वक्तृत्वकला प्रतियोगितामा सालुका पवन भट्टराई प्रथम भएका छन् । उनले नगद १५ हजार रुपैयाँ सहित प्रमाणपत्र जितेका छन् । 

 

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोग र जिल्ला युवा समिति रामेछापको आयोजनामा सोमबार मन्थलीमा भएको ‘युवा र नवप्रवर्तन’ विषयमा भएको खुल्ला वक्तृत्वकलामा भट्टराईले २२ जना सहभागीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको  प्रदेश युवा स्वयंसेवक सफल दाहालले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

उनका अनुसार प्रतियोगितामा लिखु तामाकोशी गाउँपालिका  वडा नं ७ कि सरस्वती मोक्तान द्वितीय भएकी छन् । उनले नगद १० हजार रुपैयाँ र प्रमाणपत्र जितेकी छन् । 

त्यस्तै मन्थली नगरपालिका–१ बस्ने मनीषा बुढाथोकी तृतीय हुँदै नगद ५ हजार प्रमाणपत्र पाएकी छन् । प्रतियोगितामा जिल्लाका २२ जनाले सहभागिता जनाएका हुन् । प्रतियोगितामा विजेता खेलाडीहरूलाई जिल्ला समन्वय समितिका उपप्रमुख एवं नेकपा माओवादीका नेता प्रेमसागर थापाले नगद र पुरस्कार प्रदान गरे । 

 

सो कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख थापाले युवाहरूले नयाँ सोचको विकास गर्ने र युवालाई विदेश जान रोकी स्वदेशमा नै उत्पादन क्षेत्रमा लाग्नु पर्नेमा जोड् दिए । 

 

त्यस्तै जिल्ला युवा समिति रामेछापका अध्यक्ष तिलक थापामगरले युवा शक्तिलाई स्वदेशनामै रोजगारी सिर्जना गरेर नयाँ–नयाँ खोज अनुसन्धान र उत्पादनशील क्षेत्रमा लगाउनु पर्ने बताए । उनले देशमा औद्योगीकरण विस्तार गरी युवालाई रोजगार मूलक बनाउनु पर्ने बताए । 

जीवन घताने
| असोज १०, २०८० बुधबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));