सिम्लेको वनमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा भिरपानीका वडा अध्यक्ष घाइते

२ चैत, रामेछाप । खाँडादेवी गाउँपालिका वडा नं ३ भिरपानीका वडा अध्यक्ष पुष्कर कुमार कार्की जंगलमा लागेको डढेलो नियन्त्रणमा लिने क्रममा घाइते भएका छन् ।
गत मङ्गलवार देखि सो पालिकाको विभिन्न स्थानमा लागेको छ । साथै छिमेकी मन्थली नगरपालिकाको भटौली लगायता वडामा लागेको आगो पनि पालिकाका विभिन्न स्थानमा फैलिएको छ । सोही क्रममा सिम्लेमा लागेको आगो निभाउने क्रममा लड्दा वडा अध्यक्ष कार्कीको दायाँ हातमा चोट लागेको हो । उनको हातमा ९ टाँका लगाइएको छ । उनको अवस्था सामान्य रहेको छ ।
सुख्खा पाखोमा आगो लाग्दा नियन्त्रण बाहिर गएको छ । आगो नियन्त्रणको लागि स्थानीय सरकार, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना सहितले प्रयास गरे पनि आगो पूर्ण रूपमा अझै पनि नियन्त्रणमा आउन नसकेको स्थानीयहरू बताउँछन् । डढेलोले हालसम्म मानवीय क्षति नगरे पनि केही घरहरू र मानव निर्मित संरचनाहरू सहित सामुदायिक वन, वन्यजन्तुहरू भने सखाप परेको छ ।
डढेलो÷आगो लाग्नुको कारण खुलेको छैन ।
भिडिओ हेर्नुहोस् आगो लागिको ।