काँग्रेसले रामेछापले भन्यो ‘स्ववियु निर्वाचनमा अविनाश कार्कीको टिमलाई जिताउन मतदान गर्नू’ (पत्रसहित)

१ चैत, रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न स्ववियु निर्वाचनमा पार्टीको तर्फबाट तालमेल सहित चुनावी मैदानमा रहेको टिमलाई जिताउन आह्वान गरेको छ ।
गत फागुन ३० गते मङ्गलवार एक पत्र जारी गर्दै नेपाली काँग्रेस रामेछापका पार्टी दीपक खड्काले ‘काँग्रेस ८ वटै पालिका कार्यसमिति’लाई समन्वयकारी भूमिका निर्वाह गर्न आग्रह गरेका हुन् ।
सचिव खड्काले जारी गरेको पत्रमा भनिएको छ ‘चैत्र ५ गते सम्पन्न हुन गइरहेको मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको सन्दर्भमा नेपाली काँग्रेस निकट नेविसंघ र नेकपा माओवादी केन्द्र निकट अखिल (कान्तिकारी) र नेकपा समाजवादी निकट (अनेरास्ववीयु) बिच गठबन्धन गरी संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी नेविसंघ रामेछापको नेतृत्वमा गठबन्धन भएकाले गठबन्धनको टिमलाई विजयी गराउन तपाईँको पालिकाबाट मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा अध्ययनरत विद्यार्थी मतदाताहरूलाई सभापति पदका उम्मेदवार अविनाश कार्कीको टिमलाई विजयी गराउन लाग्नु र लगाउनुहोला।’
मन्थली सहिद स्मृत बहुमुखी क्याम्पसमा गठबन्धन गरेर विद्यार्थी सङ्गठनहरूले सभापतिमा अविनाश कार्की, सचिवमा तेज बहादुर श्रेष्ठ, कोषाध्यक्ष कविता खरेललाई उम्मेदवारी दिएका छन् । त्यस्तै युवराज बुढाथोकी, मनीषा काफले, विनीता माझी, अनोज भुजेल र विनोद कुमार माझीले सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् । सोही टिमलाई जिताउन नेपाली काँग्रेस रामेछापले आह्वान गरेको सचिव खड्काले बताए ।
पत्र हेर्नुहोस्