यस्ता छन् ढुङ्गेल समूहको २२ बुँदे महत्वपूर्ण घोषणा पत्र (पत्रसहित)

| फागुन २५, २०७९ बिहिबार

A A A
A A A

२५ फागुन, रामेछाप । पर्सी शनिवार हुन लागेको रामेछाप उद्योग वाणिज्य सङ्घको आठौँ जिल्ला अधिवेशनमा एमाले निकट व्यवसायीको तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरुले चुनावी घोषणा पत्र एवं प्रतिबद्धता सार्वजनिक गरेका छन् । 

 

‘व्यवसाय प्रवर्द्धन, रामेछापको पहिचान’ भन्ने मूल नारा सहित मत मान्दै रामेछापको समृद्धि र आर्थिक विकासमा युवा जोस र जाँगरले भरिपूर्ण व्यवसायीहरूको ‘सफल समावेशी समूह’का तर्फबाट आफ्नो टिमलाई अत्यधिक बहुमतले विजयी गराउन अपिल गर्दै भनिएको छ ‘हामी इमानदारी र समर्पणका साथ संस्थाको सेवा गर्न प्रतिबद्ध छौ । हामीले रामेछापको व्यापारिक समुदायको वृद्धि र विकासका लागि यो निर्वाचनको महत्त्व  लक्ष्यमा काम गर्न हामी पूर्ण रूपमा प्रतिबद्ध छौँ । ’

 

केही दिन अगाडि सामाजिक संजाल मार्फत सार्वजनिक गरिएको २२ बुँदे घोषणा पत्रमा व्यवसायीको हक, हित र आगामी योजना समावेश गरिएको छ ।  उम्मेद्वारहरु नवराज ढुङ्गेल सहितको नेतृत्वमा चुनावी प्रचारप्रसारमा रहेका छन् । गाउँ–गाउँमा पुगेर भोट माग्न व्यस्त उनीहरूले व्यवसायीको विकासको लागि काम गर्ने अवसर दिलाउन माग गरेको व्यवसायी जय मानन्धरले रामेछाप टाइम्सलाई बताए 

जसमा वरिष्ठ उपाध्यक्षमा सुमिका श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा रामहरि उप्रेती, उद्योग उपाध्यक्षमा चन्द्र मानन्धर, महासचिवमा सुरेश उदास, सचिवमा राजु थापा, कोषाध्यक्षमा सरोज तामाङ उम्मेदवार छन् । त्यस्तै आजीवन सदस्यबाट किशोर पौडेल, महिला सदस्यमा लक्ष्मी श्रेष्ठ, खुला सदस्यमा सन्तोष कठवनीया, रवीन्द्र श्रेष्ठ, कृष्ण गहतराज, रुद्रकुमार श्रेष्ठ र देवचन्द्र कठायत उम्मेदवार बनेका छन् । 

 

कूल १३ सय ८७ जना मतदाता रहेको सङ्घको निर्वाचनमा १४ पदका लागि २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा छन् । 

 

एमाले निकट व्यवसायीहरू एकलै मैदानमा छन् । सुरुमा तीन जनाको अध्यक्षको लागि उम्मेदवारी दर्ता भएकोमा हालका अध्यक्ष समेत रहेका उम्मेदवार केशवप्रसाद घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि अहिले थापामगर र नवराज ढुङ्गेलको नेतृत्वसहित प्रतिस्पर्धा हुँदै छ । सङ्घको निर्वाचन २७ गते शनिवार हुँदै छ । 

 

चुनावी प्रतिबद्धता हेर्नुहोस् 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));