‘संयुक्त व्यवसायी एवं समावेशी समूह’को प्रतिबद्धता सार्वजनिक : बैंकको चर्को ब्याजदर घटाउनेदेखि सबै खाले व्यवसायको बिमा गर्ने सम्मका यस्ता महत्वपूर्ण योजना (प्रतिबद्धता सहित)

| फागुन २१, २०७९ आइतबार

A A A
A A A

२१ फागुन, रामेछाप । रामेछाप उद्योग वाणिज्य सङ्घको नेतृत्वको लागि चुनावी मैदानमा रहेको ‘संयुक्त व्यवसायी एवं समावेशी समूह’ले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेको छ । दुई समूहबिच चर्को प्रतिस्पर्धा देखिएको सङ्घको निर्वाचनको मैदानमा उत्रिएको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायिहरुको समूहले मन्थलीमा पत्रकार सम्मेलन गर्दै आइतबार २५ बुँदे प्रतिबद्धता सार्वजनिक गरेको हो । 

 

नवीन थापामगर नेतृत्वको उक्त समूहले ‘संयुक्त व्यवसायी एवं समावेशी समूहको प्रतिबद्धता, सम्पूर्ण ब्यवसायीहरुको हकहित आजको आवश्यकता” भन्ने मूल नारा सहित विगतका कमी कमजोरीलाई चिर्ने गरी काम गर्ने बाचा गरिएको उल्लेख छ । 

 

व्यवसायीहरूले बैङ्कमा तिर्दै आएको चर्को व्याज दरलाई घटाउन बैङ्क तथा वित्तीय संस्थासँग समन्वय गर्ने, व्यवसायीले भुक्तानी गर्दै आएको चर्को घर भाडदारलाई कम गरी घर धनीसँगको समन्वयमा समय सापेक्ष बनाउने, प्राकृतिक प्रकोप र हालको आर्थिक मन्दीका कारण विक्षिप्त बनेका व्यवसायीहरूलाई मनोसामाजिक परामर्श सम्बन्धि तालिम सञ्चालन गर्ने, व्यवसायीहरू स्वयमले ट्याक्स÷भ्याटको काम गर्न सक्ने गरी सीप विकास तालिम दिने, हरेक वर्ष ब्यवसायीहरुको कर विवरण निःशुल्क प्रविष्टिका लागि सङ्घको कार्यालयमा ‘मासिक कारोबार दाखिला काउन्टर’ स्थापना गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । 

त्यस्तै जिल्लामा व्यवसायी रूपमा खेती हुँदै आएको किवी, जुनार तथा आलुको उत्पादन क्षेत्र दोरम्बा, गोकुलगंगा, उमाकुण्ड लगायत रामेछापका स्थानीय तहको मुख्य बजार क्षेत्रमा कोल्ड स्टोर निर्माणका लागि पहल गर्ने, जिल्लाका सबै पालिकामा चिया र अलैँची खेती विस्तार र सो सँग सम्बन्धित उद्योग स्थापनाका लागि पहल गर्ने, स्थानीय पुँजी जिल्ला भित्रै परिचालन गर्दै कृषि, वन, जडीबुटी, पर्यटन, पशुजन्य वस्तुहरूका लागि घरेलु तथा मझौला उद्योग स्थापना गराउँदै जिल्ला बाहिर रहेका उद्यमीहरू जिल्ला भित्र्याउने र विदेशिने युवा जनशक्तिलाई स्वदेशमै रोजगारी दिलाउने गरी सीप सिकाउन सम्बन्धित निकायसँग पहल गर्ने, हरेक किसिमका आर्थिक जोखिमबाट व्यवसायलाई सुरक्षित बनाउन सबै खाले व्यवसायी बिमाको व्यवस्था गर्ने, जिल्ला भित्र रहेका विभिन्न क्षेत्रगत बजारहरूको व्यवस्थापनका लागि सरोकारवालासँग समन्वय गर्दै अगाडि बढ्ने भनिएको छ । 

 

त्यस्तै बिपी राजमार्ग हुँदै रामेछाप जिल्ला प्रवेशमा रोक लगाइएका ठुला मालवाहक सवारीहरूलाई सहज आवागमनको व्यवस्था गर्न आवश्यक पहल गर्ने, मन्थली–लुक्ला चल्दै आएको विमान सेवाका कारण यस जिल्लामा भित्रिने पर्यटकहरूलाई मन्थलीमा कम्तीमा एक रातका लागि बस्ने वातावरण बताउने, मन्थलीमा भएका होटलहरुको थप स्तरीकरण गर्दै ग्राहक मैत्री बनाउन कार्यशाला तथा तालिमको व्यवस्था गर्ने, औद्योगिक मेला महोत्सव आयोजना गर्ने, व्यवसायी सेवा प्रवाह गर्नका लागि सङ्घको सचिवालयमा ‘हेल्प डेस्क’ को व्यवस्था गर्ने, सङ्घको आफ्नो वेभ साइड बनाउने, साथै सूचना अधिकारीको व्यवस्था गर्ने, जिल्ला अधिवेशन सम्पन्न भएको ३ महिना भित्र पालिका स्तरीय समन्वय समिति गठन गर्ने, उत्पादित वस्तुहरूको बजारीकरण सहजताका लागि देवकोटा चोकमा डिजिटल बोर्ड र त्यस्ता उत्पादनलाई सबैको पहुँचमा पुऱ्याउनका लागि आवश्यक प्रविधि तयार पर्ने लगायता प्रतिबद्धता जनाएका छन् । 

 

तीव्र चुनावी प्रतिस्पर्धामा होमिएका उनीहरूले जिल्लाभरिका मतदाता भेट्घाट्मा रहेको जनाएका छन् । सङ्घको निर्वाचन आउँदो फागुन २७ गते हुँदै छ । जसमा १३ सय ७८ जना मतदाता रहेका छन् । 

 

प्रतिबद्धता हेर्नुहोस् 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));