जिल्ला अस्पताल रामेछापमा पहिलो पटक सुरु भयो ‘डायलायसिस्’ सेवा (भिडिओसहित)

१२ फागुन, रामेछाप । जिल्ला अस्पताल रामेछापमा पहिलो पटक डायलायसिस सेवा सुरु भएको छ । जिल्लामा यसअगाडि निजी क्षेत्रबाट सञ्चालित तामाकोसी अस्पताल र मन्थली नगरपालिकाबाट सञ्चालित मन्थली अस्पतालले डायलायसिस सेवा सुरु गरी सकेका छन् ।
बिहीबार देखि पुरानो सदरमुकाम रामेछाप स्थित जिल्ला अस्पतालमा डाइलासिस् सेवा सुचारु भएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । अस्पतालले भनेको छ ‘यस रामेछाप जिल्ला अस्पतालमा आजबाट हामीले डायलायसिस सेवा सुरु गरेका छौ।’
मिर्गौला रोगबाट पीडितहरूले विगतमा डाइलासिस गर्नकै लागि काठमाडौँ र धुलिखेल धाउनु पर्न बाध्यता थियो । अब त्यो बाध्यता हटेको छ । बागमती प्रदेश सरकारको पहलमा जिल्ला अस्पतालमा सेवा सुचारु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.गगन अधिकारीले रामेछाप टाइम्सलाई बताए ।
डायलासिस सफल भएपछि सामूहीक तस्बिर खिचाउँदै डाक्टरहरु, तस्बिर स्रोत जिल्ला अस्पताल ।
उनका अनुसार उनी सहित डा.भूषण सुवेदी, डा.पवन खत्री र नर्सिङ इन्चार्ज यशोदा बरालसहितको टोलीले सेवा दिने गरी सेवा सुरु गरेको हो । यो सेवा सुचारु गर्नको लागि आवश्यक पाँच वटा मेसिनको व्यवस्थापन भएपछि अस्पतालमा डायलायसिसका गर्न सकिने भएको हो ।
विगतमा डाइलसिस नहुनदाँ नागरिकहरूले निकै सास्ती खेप्नु परेको थियो । ‘यहाँका सेवाग्राहीको मागलाई ध्यानमा राखेर सेवा विस्तार गरेका हौँ । पहल पहिले देखिनै भएको हो । अहिले सफल भयौँ ।
अबदेखि दैनिक दुई जना बिरामीको यहाँ सजिलै डायलायसिस गरिने छ । पहिलो पटक रामेछाप नगरपालिकाकै एक महिलाको डायलायसिस गरेर सेवा सुरु गरिएको उनले बताए ।
सेवा विस्तार भएपछि आफूहरू पनि सेवा गर्न पाएकोमा सुखी भएको डा.अधिकारीले बताए ।
पहिलो पटक डा.भूषण सुबेदी, डा.पवन खत्री, नर्सिङ इन्चार्ज यशोदा बराल, स्टाफ नर्स शान्ति अधिकारी, स्टाफहरू नर्स मनिता योन्जन,स्मृति मगर, शिखा हायु र पदम शङ्कर गौतम राजन फुयाँल, प्रेम बस्नेत, सहित अस्पतालका अन्य कर्मचारीहरूले पहिलो प्रयासमा डाइलासिस् सफल भएको जिल्ला अस्पतालले जनाएको हो ।
भिडिओ स्रोत जिल्ला अस्पताल