रामेछापका सिडिओ रेग्मीको सरुवा, अब अनिता निरौला आउने

११ चैत, रामेछाप । रामेछापको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीको सरुवा भएको छ । गृह मन्त्रालयले शुक्रवार गरेको सरुवामा गत १२ असोज २०७९ बुधवार यहाँ हाजिर भएका प्रजिअ रेग्मीको काठमाडौँ स्थित राष्ट्रिय विपद् जोखिम तथा नियुनिकरण प्राधिकरणमा सुरुवा भएको प्रजिअ रेग्मीले रामेछाप टाइम्सलाई बताए ।
‘यो नियमित प्रक्रिया हो, सरुवा भएको हो यहाँ अब राष्ट्रिय विपद् जोखिम तथा नियुनिकरणमा कार्यरत अनिता निरौला आउनु हुने भएको छ ।’ सिडिओ रेग्मी आएपछि यहाँको प्रशासनिक सुधारका काम भएको स्थानीयहरु बताउँछन् ।
योसँगै अब रामेछापको प्रजिअको रूपमा महिला प्रजिअ निरौला आउने छिन् । तत्कालीन (सिडिओ) दीपक पहाडी सुरुवा भएर महोत्तरी जिल्ला गएपछि यहाँ गृह मन्त्रालयमा कार्यरत उपसचिव रेग्मी आएका आएका थिए । उनले सम्पन्न भएका निर्वाचनहरुलाई सफलता पूर्वक सम्पन्न गरेपछि यहाँबाट सरुवा भएको हो ।