अविनाशसँग पराजित भएपछि पुष्करले भने ‘आफ्नै संगठनका नेता कार्यकर्तालाई आफ्नो बनाउन नसक्दा चुनावमा हारे’

| चैत ६, २०७९ सोमबार

A A A
A A A

६ चैत, रामेछाप । अनेरास्ववियुबाट मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा पराजित भएपछि सभापति पदका उम्मेदवार पुष्कर भट्टराईले संगठनका नेता कार्यकर्तालाई आफ्नो बनाउन नसक्दा चुनावमा हार व्यहोर्नु पर्नेको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा लेख्दै भनेका छन् ‘संगठन  बनाइयो, नेता पनि बनाइयो तर संगठनका नेता कार्यकर्तालाई कहिल्यै आफ्ना बनाउन सकिएन । तर, खास आफ्ना बनाउन नसक्नु संगठन मात्र मझवुद बनाउन खोज्नु मेरो कमजोरी । पराजयको मुख्य कारण यही नै हो ।’

 

आइतवार राति अबेर सकिएको मतगणनामा भट्टराईले २२३ मत ल्याएर पराजित हुन पुगेका हुन् । उनका प्रतिस्पर्धी नेविसंघका अविनाश कार्कीले २८६ मत पाएर ६३ मतान्तरले निर्वाचित भएका हुन् । स्ववियु निर्वाचनमा ७०३ मत रहेकोमा ५१४ मत अर्थात् ७३.१२ प्रतिशत मत खसेको थियो । 

 

दीर्घकालीन राजनीति गर्ने उद्देश्य बोकेको उल्लेख गर्दै यो निर्वाचनले थप निखारता, परिपक्वता हासिल गरेको उनको तर्क छ । उनले लेखेका छन् ‘हनुमाने कार्यकर्ताको झैँ खटिने छु, संगठन भित्र कसैलाई खास बनाउने छैन कसैको खास हुने छैन ।’

 

आफैलाई हराउँदै निर्वाचनमा विजयी हुने नेविसंघका अविनाश कार्की, भट्टराईकै टिमका सचिव सुशील थापा, कोषाध्यक्षमा विनीता श्रेष्ठ र कविता खरेल लगायत बधाई पनि दिएका छन् । करिब ९ वर्ष अगाडि भएको स्ववियु निर्वाचनमा पनि भट्टराई सचिव पदमा नेविसंघकै उम्मेद्वारसंग हारेका थिए । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));