मन्थली क्याम्पस स्ववियु निर्वाचनः अविनाश कार्की फराकिलो मतले विजयी, सचिवमा थापा, काेषाअध्यक्षकाे मत बराबरी !

५ चैत, रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका अविनाश कार्की विजयी भएका छन्। केही बेर अगाडि सम्पन्न मतगणनामा कार्की अनेरास्ववियुका पुष्कर भट्टराईलाई फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । निर्वाचित कार्कीले सुरुवात देखिनै अग्रता लिएका थिए । भट्टराईले २२३ मत ल्यार पराजित भएका हुन् भने कार्कीले २८६ मत पाएर निर्वाचित भएका हुन् । कार्कीले ६३ मतले भट्टराईलाई हराएका हुन् ।
आइतबार भएकाे स्ववियु निर्वाचनमा ७०३ मत रहेकोमा ५१४ मत अर्थात ७३.१२ प्रतिशत मत खसेको थियाे । त्यस्तै सचिवमा भने भट्टराईको टिमका सुशील थापा २६० मत पाएर निर्वाचित हुँदा कार्कीकाे टिमका तेजबहादुर श्रेष्ठ २४४ मत पाएर पराजित भएका छन् ।
त्यस्तै काेषाध्यक्षयमा भने यहाँ दुवै टिमका उम्मेदवारहरुले बराबर २५१-२५१ मत पाएका छन् । जसमा कार्की टिमबाट कविता खरेल र भट्टराईकाे टिमबाट विनिता श्रेष्ठ उम्मेदवार हुन् । यसकाे टुंगो कसरी लगाउने भन्नुबारे छलफल जारी छ ।
अन्य सदस्य पदमा भने अविनाशकाे टिमबाट निर्वाचन लडेका मनीषा काफ्ले, युवराज बुढाथोकी, विनीता माझी, अनोज भुजेल, विनोद माझी निर्वाचित भएका छन् ।
स्ववियु नेतृत्वको लागि नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी सङ्गठन र एकीकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) बिच तालमेल गरेर नेविसंघका अविनाश कार्कीकाे नेतृत्वमा अनेरास्ववियुकाे भट्टराई टिमसंग प्रतिस्पर्धा गरेका थिए ।
पराजित भएको एमाले निकट विद्यार्थी सङ्गठन (अनेरास्ववियु) ले पुष्कर भट्टराईको नेतृत्वमा टिमनै पराजित भएको हाे । सहित मैदानमा उत्रिएको टिमसँग प्रतिस्पर्धा गरेको छ । सो टिममा भट्टराईको सभापतिमा सुशील थापा सचिव र विनीता श्रेष्ठ कोषाध्यक्षको उम्मेदवार हुन् ।
त्यस्तै अनिल श्रेष्ठ, अनिता घिमिरे, रविन श्रेष्ठ, सुदिप कार्की र सोमहरि घिमिरे सदस्यको उम्मेदवार थिए ।
कसले कति मत पाए हेर्नुहोस् ।