स्ववियु निर्वाचन आज उम्मेदवारी दर्ता : ‘तालमेल’ गरेका ३ संगठनबाट को-को बन्दै छन् उम्मेदवार ? अनेरास्ववियुको को ? यस्तो छ गोप्य तयारी ?

| फागुन २७, २०७९ शनिबार

A A A
A A A

२७ फागुन, रामेछाप । जिल्ला सदरमुकाम मन्थली स्थित मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा आउँदो चैत्र ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनको लागि आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचनमा भाग लिएका प्रमुख राजनीतिक दल निकट विद्यार्थी सङ्गठनहरूले आज दिउँसो १ बजेपछि २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तयारी रहेको छ । 

 

गत फागुन ४ गते सार्वजनिक गरिएको स्ववियु निर्वाचनको कार्य तालिकाअनुसार समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता फागुन २७ गतेलाई तोकिएको हो । फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता तोकिएको छ ।

 

यस्तै कार्य तालिकाअनुसार मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । सोही अनुसार गर्ने मन्थली क्याम्पस प्रशासन र विद्यार्थी सङ्गठनहरूबिच यसअगाडि सहमति भइसकेको छ । 

 

कार्य तालिका अनुसार गत फागुन १९ गते विद्यार्थी ४ विद्यार्थी सङ्गठनले निर्वाचनमा भाग लिनको लागि दल दर्ता गरेका छन् । जसमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ (नेविसं), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठन, एकिकृत समाजवादी पार्टी निकट (अनेरास्ववियू) र नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) रहेको मन्थली सहित स्मृत बहुमुखी क्याम्पसले रामेछाप टाइम्सलाई जनाएको छ । 

 

सोही अनुसार केन्द्रमा पछिल्लो समय बनेको राष्ट्रपति निर्वाचनमा समेत एक भएको ९ दलीय गठबन्धन निकट विद्यार्थी सङ्घबिच तालमेल गरेर स्ववियु निर्वाचनमा भाग लिने लिखित सहमति शुक्रवार गरेको नेविसंघका नेता विमल पौडेलले रामेछाप टाइम्सलाई बताए । 

आन्तिरक छलफल पछि नेविसंघ, स्रोत बिमल पौडेल 

त्यस्तै क्रान्तिकारी सङ्गठनका भिषम चौलगाईले पनि तालमेल गरेर जाने सहमति गरेको पुष्टि गरे । उनीहरूले कसले के, लिने भन्ने विषयमा भागबन्डा पनि मिलाएका छन् । तर, विशेष कारण भन्दै सार्वजनिक गरेका छैन । ‘उम्मेदवारी दर्ता गर्नु केही बेर अगाडि मात्रै सार्वजनिक हुन्छ, विशेष कारण छ पौडेलले रामेछाप टाइम्सलाई भने ।’

 

उम्मेदवार र तीन सङ्गठनमा कसले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्ष लिने भन्ने टुङ्गो लागिसकेको हो । 

 

उता एकल चुनावी मैदानमा रहेको एमाले निकट विद्यार्थी सङ्घ अनेरास्ववियुले पनि उम्मेदवार टुङ्गो लगाएको विद्यार्थी नेता पुष्कर भट्टराईले रामेछाप टाइम्सलाई पुष्टि गरे । ‘हाम्रो लगबग सबै तयारी छ । उम्मेदवारी दर्ता गर्नु केही समय अगाडि मात्रै सार्वजनिक गर्छौँ ।’ 

 

प्रतिस्पर्धीहरूले कस्तो उम्मेदवार उठाउँछन्, त्यो परिस्थिति हेरेर दुवै समूहले उम्मेदवार सार्वजनिक गर्ने तयारीमा जुटेका हुन् । क्याम्पसले गत फागुन २१ गते प्रकाशन गरेको मतदाता सूची अनुसार क्याम्पसमा कूल ७ सय १४ जना मतदाता रहेका छन् । 

 

यस्तै कार्य तालिका अनुसार फागुन २८ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको नामावलीमाथि दाबी–विरोध र फागुन २८ गते साँझ ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ ।

विद्यार्थी संगठन र क्याम्पस प्रशासनबिच छलफलपछि समूहिक तस्बिर लिँदै,स्रोत बिमल पौडेल 


त्यस्तै स्ववियु निर्वाचनको प्रचार–प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ । प्रचारप्रसारमा गर्दा पछिल्लो प्रशासन र विद्यार्थी सङ्घहरूको बैठके क्याम्पस, बजार कहीँ कतै पनि तुल, ब्यानरको प्रयोग नगर्ने सहमति गरेका छन् । 

 

त्रिविमा २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएकाले विसं २०५१ चैत १८ गते जन्म मिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।

 

स्ववियु कार्यसमिति २ सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, २ सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, १ हजार १ देखि ३ हजारसम्म भए १९ जनाको र ३ हजार १ देखि ५ हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।

 

निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदै छ । 

 

प्रत्येक २–२ वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत १ दशकदेखि हुन सकेको छैन । भने मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसमा पनि विगत ९ वर्षदेखि हुन सकेको छैन । 

(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));