नेपाल कराते महासंघ रामेछापको अध्यक्षमा शुक्र माझी

२६ फागुन, रामेछाप । नेपाल कराते महासंघ रामेछापको अध्यक्ष शुक्र माझी चयन भएका छन् । बिहीबार रामेछाप जिल्ला खेलकुद विकास समिति एक छलफल पछि माझीलाई महासंघ रामेछापको अध्यक्षमा चयन गरिएको अध्यक्षमा चयन भएका माझीले रामेछाप टाइम्सलाई जानकारी दिए ।
उनका अनुसार जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सरोज गाहामगरको उपस्थितिमा माझीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन भएको हो । माझी जिल्लाका सबै खेलकुद क्षेत्रमा सक्रिय र परिचित खेलाडी हुन् ।
जसमा हाल सचिव रहेका शुक्र माझी (सितोरियो) अध्यक्ष, उपाध्यक्षमा मकर बहादुर श्रेष्ठ (क्वान मुकान) र ज्ञानबहादुर थापामगर (वादोरियो) सचिवमा मनीकुमार सुनुवार (सितोरियो) भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा कुमार चौलागाई (गोजुरियो) ले जिम्मेवारी पाउँदा राजु भुजेल (सितोरियो), इन्द्र रोजन मगर (वादोरियो), विमल सिजाली मगर (सितोरियो), रोजी वि.क. (सितोरियो), उत्तम कुमार श्रेष्ठ (सितोरियो), सदिक्षा खड्का (सितोरियो) सदस्य बनेका छन् ।
त्यस्तै बिहीबारकै बैठकले सल्लाहकार समितिमा पनि गठन गरेको छ । जसमा निवर्तमान अध्यक्ष रहेका हिमालय योन्जन,, गोपाल बहादुर माझी र सरोज गाहमगर रहेका छन् ।
जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधि बढ्दै गएको परिस्थितिमा महासङ्घले शुक्र बहादुर माझी, मकर बहादुर श्रेष्ठ, ज्ञान थापा मगर, मणिकुमार सुनुवार र सन्जना माझीलाई महासङ्घको नीति अनुसार प्रदेश समितिमा पनि सिफारिस गरेको छ ।