मन्थली नगरपालिकाको बैठक: बडिमुहानमा ‘ल्याड्फिल्ड साइड’ निर्माण गर्न नमिल्ने सहित यस्ता गर्यो निर्णय (सूचीसहित)

२५ माघ, रामेछाप । मन्थली नगरपालिकाले योजना सम्झौता गर्ने मिति थप गरेको छ । गत माघ २० गते बसेको मन्थली नगरपालिकाको कार्यपालिकाको आठौँ बैठकले यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको हो ।
‘अघिल्लो बैठकमा भएका निर्णय र सो सम्बन्धमा भएको कार्य प्रगतिबारे छलफल तथा समीक्षा गर्दै चालु आ.व २०७९÷८० को योजना कार्यान्वयनका लागि उपभोक्ता समितिद्वारा सञ्चालन हुने योजना योजना सम्झौता पुस मसान्तसम्म सम्पन्न गरी सक्ने गरी कार्य तालिका पारित गरिएकोमा कार्य तालिका बमोजिमको कार्य प्रभावित भएकोले योजना सम्झौताको अवधि अन्तिम पटकका लागि आउँदो फागुन १५ गतेसम्म कायम गर्ने गरी कार्य तालिका परिमार्जन गर्ने निर्णय गरेको उल्लेख छ ।
त्यस्तै मन्थली नगरको फोहर मैला व्यवस्थापनका लागि यसै नगरको वडा ७ र ८ को सिमानामा रहेको बडिमुहानमा फोहोर मैला प्रशोधन केन्द्र (ल्याण्डफिल्ड साइड) निर्माण गर्न डिपिआर गरिएकोमा उक्त स्थानमा फोहर मैला प्रशोधन केन्द्र स्थापना गर्न हवाई मैदानको मापदण्डको कारण नमिल्ने भएकाले सो कार्य त्यहाँ नगरिने भएको छ ।
‘फोहर मैला प्रशोधन केन्द्र निर्माणका लागि छिमेकी पालिकाहरूसँग समन्वय गरी स्थान छनौट गर्ने तथा मन्थली नगरपालिकाका अन्य वडाहरूमा समेत सम्भावित निर्माण स्थलको विकल्प खोजी गर्ने’ निर्णय गरिएको उल्लेख छ । ।
त्यस्तै बालमैत्री स्थानीय शासन तथा बाल अधिकार संरक्षण सम्बन्धी कार्यविधि २०७७ माथिको पहिलो संशोधन २०७९ पारित गरेको छ । विभिन्न १० बुँदे निर्णय गरेको बैठकले निर्माणाधीन विभिन्न योजनाहरूको समयअबधि थप गर्ने पनि निर्णय गरेको छ ।
यस्ता छन् १० बुँदे निर्णय हेर्नुहोस् ।