आइतबार लिखु तामाकोशी गाउँपालिकाको सबै सेवा बन्द

१४ माघ, रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका भोलि आइतबार बन्द हुने भएको छ । पालिकासँगै मातहतका वडा कार्यालय पनि बन्द हुने छन् ।
पालिकाले गत शुक्रवार एक सूचना जारी गर्दै आइतबार पालिकाको दसौँ गाउँ सभा तथा हिउँदे अधिवेशन गर्न लागेकाले सेवा प्रवाह बन्द गरिएको जानकारी दिएको हो ।
‘माघ १५ गते आइतबारका दिन बिहान ११ बजे गाउँ सभा आह्वान गरिएको हुँदा उक्त दिन यस गाउँपालिका र अन्तर्गतका वडा कार्यालयहरूबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू बन्द गरिएको छ, प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार अधिकारीले जारी सूचनामा उल्लेख छ ।’
आठ वटा स्थानीय तह रहेको रामेछापका ७ स्थानीय तहले यस अगाडि नै हिउँदे अधिवेशन सम्पन्न गरी सकेका छन् ।
सूचना हेर्नुहोस् ।