८ वटै स्थानीय तहका न्यायिक समितिको कामलाई एक रुपतता दिने भन्दै हस्ताक्षर, दुई पालिकाका संयोजक अनुपस्थित

| असोज ३०, २०७९ आइतबार

A A A
A A A

३० असोज, रामेछाप । रामेछापका स्थानीय तहले न्यायिक समितिको कामलाई प्रभावकारी बनाउन केन्द्रीत भएका छन् । स्थानीय तहभित्र हुने सामान्य अथवा मिल्ने प्रकृतिका घटनाहरुलाई हेर्दै आएको न्यायिक समिति आठवटै स्थानीय तहले गर्ने मुद्दा अर्थात् मेलमिलापलाई एक रुपता ल्याउने र थप प्रभावकारी बनाउने उद्देश्यले छलफल गरेको रामेछाप नगरपालिकाकी उपप्रमुख एवं न्यायिक समिति संयोजक बालाकुमारी कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिइन् । 

 

 

उनका अनुसार जिल्ला न्याधिश इन्दिरा शर्मा र श्रेस्तेदार रामप्रसाद पौडेलको समन्वयमा रामेछाप नगरपालिकाको न्यायिक समितिले सबै स्थानीय तहलाई सहभागी गराएर भएको कार्यक्रममा न्यायिक समितिको कामलाई एक रुपतता ल्याउने विषयमा हस्ताक्षर भएको छ । 

 

 

आयोजक रामेछाप नगरपालिका सहित मन्थली नगरपालिका, उमाकुण्ड, गोकुलगंगा, लिखु तामाकोशी र दोरम्बा शैलुङ् गाउँपालिकाका न्यायिक समितिका संयोजक, सदस्य र कानुनी सल्लाहकारहरु उपस्थिति रहेको छलफलले न्यायिक समितिको महत्पूर्ण भूमिका रहेकोमा एकमत भएका छन् । 

 

सुनापति र खाँडादेवी गाउँपालिकाका भने समितिका संयोजकहरू पार्टीको चुनावी कार्यक्रममा व्यस्त भएकाले कार्यक्रममा सदस्य र कानुनी सल्लाहकार मात्रै उपस्थिति भएका थिए । 

 

स्थानीय स्तरमा हुने घटनालाई मेलमिलाप र न्यायोचित प्रदान गर्दै आएको न्यायिक समितिका सदस्यहरुले न्याय प्रदान गर्न एक रुपतता दिने भन्दै प्रतिबद्धतासहित हस्ताक्षर गरेका हुन् ।

 

जिल्ला न्याधिश शर्मा र श्रेस्तेदार पौडेल समेतको उपस्थितिमा उनीहरूले विवाद समाधानमा प्रमाणको आधारमा अदालतले हेर्ने प्रकृतिका मुद्दालाई कानुनी आधार बलियो हुनु पर्नेमा जोड् दिएको छ । त्यस्तै समितिले गर्ने मेलमिलाप तथा छलफलको  पनि अभिलेख राख्ने कानुनी पाटोलाई आधार मान्न जस्ता पक्षलाई ध्यान पुर्‍याउने बचनबद्धता गरेका हुन् । 

रामेछाप टाइम्स
| बैशाख १८, २०८० सोमबार
(function (d, s, id) { var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return; js = d.createElement(s); js.id = id; js.src = 'https://connect.facebook.net/en_US/sdk.js#xfbml=1&version=v3.2&appId=2167983046752330&autoLogAppEvents=1'; fjs.parentNode.insertBefore(js, fjs); }(document, 'script', 'facebook-jssdk'));