अन्य दलसंगको भन्दा आन्तरिक गठबन्धन बलियो बनाउनु पर्छ - खतिवडा

१० असोज, रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले अन्य दलसंगको गठबन्धन भन्दा आन्तरिक गठबन्धन बलियो बनाउनु पर्ने बताएका छन् । आउँदो निर्वाचनमा गठबन्धनको माध्यमबाट कांग्रेसलाई ठूलो र शक्तिशाली पार्टी बनाएर ५ वर्षे नेतृत्व कांग्रेसले गर्नु पर्ने उनको भनाई छ ।
सोमबार आज नेपाली कांग्रेस रामेछाप नगरपालिका कार्यसमितिले आयोजना गरेको चाडबाड लक्षित शुभकामना आदान प्रदान तथा जनप्रतिनिधि सम्मान कार्यक्रममा बोल्दै नेता खतिवडाले यस्तो बताएका हुन् ।
रामेछाप जिल्लासँग बिगत देखिको माया अटुट् रहेको र रहने छ, भन्दै उनले कांग्रेस आन्तरिक रूपमा बलियो र मजबुत बनु पर्नेमा जोड् दिए । उनले भने ‘अन्य दलसँगको गठबन्धन भन्दा पहिला पार्टीको आन्तरिक गठबन्धन नै ठूलो शक्ति हो । चिन्ता आन्तरिक मन मुटाबको हो । अहमताले राजा ढले, बाम गठबन्धनको सरकार ढल्यो ।’
त्यस्तै प्रभावशाली नेता खतिवडाले अबको निर्वाचनमा गठबन्धन गरेरै भए पनि कांग्रेसलाई ठूलो पार्टी बनाएर ५ वर्षमा विकासको नयाँ खाका कोर्न जरुरी रहेको बताए ।